Top News राजनीति

ओली र नेपालबीच आज भेटवार्ता हुँदै

१९ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ट नेता माधवकुमार नेपालबीच आज (मंगलबार) भेटवार्ता हुँदै छ ।

नेकपा एमालेको आन्तरिक विवाद समाधानको लागि दुई नेता बीच छलफल हुन लागेको हो ।

नेकपा एमालेका स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले दुई नेताबीच छलफल हुने तय भएको जानकारी दिए ।
भेटवार्ता हुने समय र स्थानबारे भने टुङ्गो लागिसकेको छैन ।

नेता नेम्वाङले भन्नुभयो, ‘दुई नेताहरु बीचमा भेट हुन्छ । ठाउँ र समय भने यकिन भएको छैन’, ।

पार्टीको विवाद समाधान गरेर एकतावद्ध बनाउनको लागि दोस्रो तहका नेताहरु निरन्तर प्रयासमा छन् । विगत दुई सातादेखि ओली र नेपालको भेट गराएर छलफल गराउने दोस्रो तहका नेताहरुले प्रयास गरेपछि सफल हुन सकेका छैनन् ।

सोमबार बसेको सो पक्षको बैठकले पार्टी एकता गरेरै अघि बढ्नुपर्ने भन्दै त्यसका लागि वार्ताको पहल लिन नेता नेपालसँग आग्रह गरेको थियो । दुवै पक्षका विघटित कार्यदलका सदस्यहरुको जोडबल र सक्रियताले दुई नेताहरु बैठक बस्न राजी हुनुभएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.