पालिका खबर

पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ

१९ साउन,काठमाडौँ । दाङमा अत्याधुनिक हतियार पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने दुई थान म्याग्जिन र दुई राउन्ड गोलीसहित उनीहरुलाई सोमबार साँझ ५ बजेतिर पक्राउ गरिएको हो ।

पूर्व–पश्चिम राजमार्ग स्थित दाङको गढवा गाउँपालिका वडा नं। १ जुरौलीमा शंकास्पद अबस्थामा हिँडिरहेको अवस्थामा भारतको सिद्धार्थनगर पञ्चायत वडा नं। ३ निवासी २२ वर्षीय करमुल्लाह आमिर र भारतकै सिद्धार्दनगर ८ निवासी १९ वर्षीय राजा खाँनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

प्रहरीका अनुसार जिल्लामा पेस्तोल विक्री वितरण गर्दै आएको भन्ने सूचना आएपछि खोजतलास गर्दा उनीहरु पक्राउ परेका छन् । कहाँ लैजान लागेको, कहाँबाट ल्याएकोलगायतका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published.