पालिका खबर

काठमाडौंको चौमतीबाट श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ

२० साउन,काठमाडौं । काठमाडौंको चमतीमा एक महिलाको हत्या भएको छ।

आज बिहान करिब १ बजेतिर हत्या भएको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। काठमाडौं महानगरपालिका १६ चमती बस्दै आएकी २८ वर्षीय बबिता राईको हत्या भएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए।

हत्या आरोपमा मृतकका श्रीमान नुवाकोट तादी गाउँपालिका २ सातबिसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिकाः१६ चौमतीबाट उनलाई बुधबार बिहान महानगरीय प्रहरी वृत बालाजुको टोलीले पक्राउ गरेको हो।

अभियुक्त गौतामेले आफूले हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जानकारी दिएको छ। आफूलाई दैनिक विभिन्न कुराले टचर दिएकाले हत्या गरेको प्रहरीमा बयान दिएको डिएसपी बुढाथोकीले बताए।

उनीहरू बिच करिब ५ वर्षअघि विवाह भएको खुलेको छ। बबिता रामेश्वरकी दोस्रो श्रीमती हुन्। उनीहरू बालाजुको एक उद्योगमा काम गर्दै आएका थिए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.