पालिका खबर

१ सय २७ किलो अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ

२० साउन,काठमाडौँ । मनहरी गाउँपालिका-८ सिमपानीस्थित सडकमा बीआरई २८३९ नम्बरको भारतीय ट्रकमा लुकाई ल्याएको १ सय २७ किलो अवैध लागूऔषध गाँजा
सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा ट्रक चालक भारत बैशाल बस्ने ३८ वर्षीय
रामराज सहनी, ट्रकमा सवार भारत समस्तिपुर बस्ने १८ वर्षीय
किशोर, ट्रकमा सवार पर्सा वीरगंज महानगरपालिका-९ चुर्नी बस्ने
३० वर्षीय रियाजुल अंसारी रहेका छन् ।


उक्त ट्रकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्दा ट्रकको
पछाडी ढालामा फल्स बटम बनाई लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी उनीहरुलाई
पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको
छ ।

Leave a Reply

Your email address will not be published.