Top News राजनीति

माधव पक्षको भोलि केन्द्रीय समिति बैठक, ओली पक्षको ध्यानाकर्षण

२० साउन,काठमाडौँ । नेकपा एमालेको माधव कुमार नेपाल पक्षले बिहीबारका लागि केन्द्रीय समिति बैठक बोलाएपछि केपी ओली पक्षले ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार साँझ एक प्रेस वक्तव्यमार्फत् एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार पार्टीको केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको समेत जनाएका हुन् ।

“केन्द्रीय कमिटीको नामबाट साउन २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकाले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । साउन २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछ ।

पार्टीको नामबाट पटक पटक अनधिकृत रुपमा बैठकहरू भएको भन्दै उनले त्यस्तो क्रियाकलापमा नलाग्न नेता कार्यकर्तालाई अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published.