Top News स्वास्थ्य

संक्रमित आमाले बच्चालाई दूध खुवाउँन हुन्छ कि हुँदैन ?

२१ साउन,काठमाडौँ । कोरोना भाइरसबाट संक्रमित भएका महिलाले बच्चालाई दूध खुवाउनेरनखुवाउने या खोप लगाएपछि बच्चालाई दूध खुवाउन हुनेरनहुनेबारेबारे धेरैको चासो छ ।

विश्व स्वास्थ्य संगठनको अनुसार यस्ता महिलाहरूले ब्रेस्टफिड गर्न सक्छन् । तर, केही सावधानी भने अपनाउनुपर्ने हुन्छ ।

आफू वरपर रहेका सर सामानलाई डिसइन्फेक्ट गर्ने, बच्चालाई काखमा लिनु पहिला साबुन पानीले हात धुने या स्यानिटाइजरको प्रयोग गर्ने र मास्क लगाउनुपर्ने हुन्छ ।

यदि शरीरमा संक्रमण धेरै भएमा बच्चाको लागि एक्सप्रेस मिल्कको पनि प्रयोग गर्न सकिन्छ । रह्यो कुरा भर्खरै बच्चालाई जन्म दिएका आमाले कोरोनाविरुद्धको खोप लगाउनेबारे ।

मुम्बइको जसलोक हस्पिटल एण्ड रिसर्च इन्स्टिच्युटका लेक्टेसियन कन्सल्टेन्ट डा।मानसी शाहका अनुसार गर्भवती र भर्खर बच्चा जन्माएका महिलाले पनि कोरोना विरुद्धको खोप लगाउन सक्छन् । यसको लागि केही कुरामा भने ध्यान दिनुपर्ने हुन्छ ।

खोप लगाउनुअघि गर्भवतीले ध्यान दिनुपर्ने विषय

१) बच्चालाई दूध खुवाउन नछोड्नुहोस्ः कोरोना भाइरस विरुद्धको खोप लगाएपछि पनि बच्चालाई दूध खुवाउन छोड्नु हूँदैन ।

किनभने खोप लगाएपछि शरीरमा एन्टिबडी बन्न सुरु हुन्छ । यो ब्रेस्टफिडिङ गर्ने क्रममा बच्चामा पनि जान सक्छ र बच्चाको पनि रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

२) प्रशस्त पानी पिउनुहोस्ः खोप लगाइसकेपछि शरीरमा पानीको कमी हुन दिनु हूँदैन । शरीरमा पानीको पर्याप्त मात्राले आमालाई बिमारी हुन र खोपको सम्भावित साइड इफेक्टबाट बचाउँछ ।

३) डाइटमा ध्यान दिनेः खोपको साइट इफेक्टबाट बच्नका लागि रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुपर्छ ।

त्यसको लागि खानपानमा हरियो सागपात, बेसार, लसुनजस्ता खाने कुरामा जोड दिनुपर्छ । योबाहेक भिटामिन सीयुक्त मौसमी फल खानुपर्छ ।

४) पर्याप्त निन्द्राः विज्ञका अनुसार महिलाहरूले आफ्नो निन्द्रा पूरा गरेमा ब्रेस्टफिडिङ गरेपछि उनीहरूलाई थकान महशुस हुँदैन ।

खोप लगाएपछि शरीरमा इम्युनिटी रेस्पोन्स तेज हुनका लागि पनि पर्याप्त निन्द्रा आश्यक हुन्छ । त्यसकारण अनिवार्य ८ घण्टा निन्द्रा पूरा गर्नुपर्दछ ।

५) शारीरिक कसरतः आफ्नो दैनिकीमा हल्का शारीरिक कसरत या वाकलाई पनि जोड्न्होस् । यसले ब्लड सर्कुलेसनमा मद्दत गर्छ भने खोपको साइड इफेक्टको खतरा पनि कम गर्छ । नेपालवाचबाट

Leave a Reply

Your email address will not be published.