Top News स्वास्थ्य

थप तीन हजार ९३८ जनामा कोरोना संक्रमण,३७ को मृत्यु

२१ साउन,काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीन हजार ९३८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । १८ हजार ४०८ वटा स्वाब नमुनाको परीक्षण गर्दा तीन हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो ।

विभिन्न प्रयोगशालामा परीक्षण गराएका ६५ सय ३८ नमूनाको एन्टिजेन विधिबाट र ११ हजार ८७० नमूनाको पीसीआर परीक्षण गरिएको थियो। जसमध्ये ९३१ नमूनाको एन्टिजेनबाट र ३ हजार ७ नमूनाको पीसीआर विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार ९९४ पुगेकोे छ ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित कोरोनाबाट निको हुनेको संख्या ६ लाख ६३ हजार ६६३ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *