Top News राजनीति

ओलीसँग मिल्न सकिँदैनः नेता नेपाल

२१ साउन,काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न नसकिने बताएका छन्।

आज बसेको केन्द्रीय समितिको बैठकमा नेता नेपालले अहिलेको अवस्थामा ओलीसँग मिल्न नसकिने बताएका हुन्।

बैठकमा ओलीसँग मिल्ने कि अलग पार्टी गर्ने भन्ने बारेमा छलफल भएको थियो। बैठकमा अहिलेसम्म भएका सहमतिको समीक्षा समेत भएको नेता रघुजी पन्तले जानकारी दिए।

नेता नेपालले बैठकमा कोरोनाबारे सरकारको ध्यान जानु पर्ने बताए। महाकालीमा तुइन काटिएको विषयमा दोषीलाई कारबाही होस् भन्नेमा पनि उनले जोड दिएको पन्त बताए।

बैठकमा नेत्रृ रामकुमारी झाँक्रीले एकताको नाममा आत्मसमर्पण गर्न नहुने विचार राखेकी थिइन्।

उनले भनिन्, ‘एकता प्राथमिकतामा हुनुपर्छ तर एकताको नाममा आत्मसमर्पण भने गर्नु हुँदैन।’

उनको विचारप्रति कतिपय नेताले प्रतिवाद समेत गरेका थिए। केही नेताहरुले १० बुँदे सहमति भइसकेको अवस्थामा अब एकतालाई नै जोड दिनुपर्ने तर्क गरेका थिए।

सो क्रममा नेता भीम रावलले एकता प्रक्रिया अघि बढेकाले सदस्यता नवीकरण गर्ने ओलीको निर्णय रोक्न आग्रह गरे। उनले १० बुँदे सहमतिबारे पनि बुँदागत रुपमा जानकारी गराएका थिए।

नेता रावलले वार्ताको परिणाम तत्काल नटुंगिने बताए। बैठकमा उनले अहिसम्मको वार्ताबारे जानकारी गराएका थिए। त्यस्तै, सरकारले सुकुम्बासी अयोगको बारेमा गम्भीर ढगंले सोच्नु पर्ने उनको भनाइ थियो।

अर्को बैठक भोलि साढे ११ बजे बस्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *