Top News खेलकुद

मेस्सीको बार्सिलोना सँगको यात्रा टुङ्गियो

२२ साउन,काठमाडौँ । (एजेन्सी) अर्जेन्टिनी स्टार लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनाबाट बाहिरिएका छन् । १३ वर्षको उमेरमा बार्सिलोना पुगेका मेस्सीले आधिकारिक रुपमा बार्सिलोनाबाट बाहिरिएका हुन् ।

पछिल्लो समय जुन महिनाको अन्त्यमा बार्सिलोनासँग करार सकिएसँगै फ्री एजेन्ट बनेका मेस्सी र क्लबबीच सहमति बने पनि ला लिगाको खेलाडी दर्ता सम्बन्धि नियमहरूको कारण मेस्सी बाहिरिने अवस्था आएको बार्सिलोनाले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

यसअघि मेस्सी र बार्सिलोना ५ वर्षे करारको नजिक पुगेको र त्यसका लागि औपचारिकतामा मात्र बाँकी रहेको समाचारहरू आएका थिए ।

सन् २०२० मा मेस्सीले बार्सिलोनाबाट बाहिरिने प्रयास गरेका थिए । जसका लागि उनले बोर्डलाई फ्याक्स गर्दै आफूले तत्काल क्लब छाड्न चाहेको बताएका थिए । यद्यपि सेप्टेम्बर महिनामा रिलिज क्लज धेरै भएको कारण उनी बार्सिलोनामै रहन बाध्य भए ।

बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले बार्साबाट मात्रै ७०९ गोल गरेका छन् । यो मैत्रिपूर्णसमेत गरेर हो । आधिकारिक रुपमा भने उनले ६७२ गोल गरेका छन् ।

यो जुन महिना सकिएसँगै बार्सिलोनासँग पहिलो करार गरेको ७५०४ दिनपछि मेस्सी ुफ्री एजेन्ट बनेका थिए । २०२१ – २०२२ का सिजनका लागि अर्को क्लबको टुंगो नलागेसम्म मेस्सी फ्रि एजेन्टकै रुपमा रहनेछन् ।

Leave a Reply

Your email address will not be published.