Top News राजनीति

माधव पक्षको स्थायी समिति बैठक सकियो

२२ साउन,काठमाडौँ । नेकपा एमाले माधव नेपाल पक्षको स्थायी समिति बैठक सकिएको छ ।

काठमाडौँको बुद्धनगरमा बसेको बैठक केहीबेर अघि सकिएको हो ।

बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा छलफल भएको थियो । फेरि बस्ने केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा नेतृत्वले समष्टीगत रुपमा जवाफ दिने बारे छलफल भएको थियो ।

स्थायी समिति बैठक सकिनुअघि सो समूहको केन्द्रीय समिति बैठक बसेको थियो । बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेपछि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ । रातोपाटी

Leave a Reply

Your email address will not be published.