२२ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २८ गते बस्ने भएको छ ।
साउन २८ गते दिउँसो २ बजे पार्टी कार्यालय सानेपा, ललितपुरमा केन्द्रीय कार्यसमिति बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा आसन्न १४औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने र त्यसबारे छलफल गरिने जनाइएको छ ।
