२५ साउन,काठमाडौं। पछिल्लो चौबिस घण्टामा विश्वमा ४ लाख ६९ हजार ५९४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
योसँगै विश्वमा कुल संक्रमितको संख्या २० करोड ३४ लाख ४ हजार ८६ पुगेको छ।
वल्डोवमीटर्सको तथ्याङ्कअनुसार पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी संक्रमित भारतमा ३६ हजार ३५ जना संक्रमित थपिएका छन्। सोही अवधिमा बेलायतमा २७ हजार ४२९,इन्डोनेसियामा २६ हजार ४१५ र अमेरिकामा २४ हजार २८३ जना संक्रमित थपिएका छन्।