Top News अर्थ

सुनमा आज थप एक हजार रुपैयाँको गीरावट

२५ साउन,काठमाडौँ । सोमबार (आज) सुनको मूल्य थप एक हजार रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एकैदिन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य सोमबार थप एक हजार रुपैयाँले सस्तिएको हो ।

आज छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा झरेको हो ।

यस्तै, चाँदीको मूल्य समेत आइतबारको मूल्यमा थप २५ रुपैयाँले घट्दै आज प्रतितोला एक हजार २१५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published.