स्वास्थ्य

कोरोनाका कारण विश्वभर थप ७ हजार ९१५ जनाको मृत्यु

२६ साउन,काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण विश्वमा थप ७ हजार ९१५ जनाको मृत्यु भएको छ।

वल्डोवमटिर्सका अनुसार योसँगै विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ लाख १५ हजार ४५४ पुगेको छ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ४७५ जनाको मृत्यु भएको छ। सोही अवधिमा रुसमा ७६९, इरानमा ५८८, अर्जेन्टिनामा ५०२ भारतमा ३७६ र अमेरिकामा ३०९ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published.