Top News राजनीति

केपी ओलीको टाङमुनि छिर्नेवाला छैनौंः माधव नेपाल

२६ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरु कुनैपनि हालतमा अध्यक्ष केपी शर्मा ओलीको टाङमुनि नछिर्ने बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलक्षित टिप्पणी गर्दै उनले भने, ‘हामी दृढताका साथ अगाडि बढ्नेछौं । कसैको टाङमुनि छिर्ने छैनौं । तानाशाही प्रवृत्तिसँग झुक्ने छैनौं ।’

एम.बि.बि.एस. प्रवेश परीक्षामा सर्वोत्कृष्ट मेधावी छात्र आशिक झालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यस्तै नेता नेपालले कर्णाली प्रदेश सभा सदस्यबाट पद गुमाएका नेताहरुलाई फेरि चुनाव जिताएर ल्याउने बताएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ‘शाहस र बहादुरी देखाएका’ नेताहरुलाई फेरि चुनाव जितेर ल्याउने बताए ।

‘कर्णालीका साथीहरुले बहादुरी देखाउनु भयो, कायरता देखाउनु भएन’, नेपालले भने, ‘उहाँहरुले जितेको पद खोसिएको छ, अब पार्टी सदस्यता पनि खोसियो भने, त्यहाँ फेरि चुनाव भयो भने उहाँहरुलाई जिताएर ल्याउने जिम्मा मेरो भयो।’

Leave a Reply

Your email address will not be published.