Top News राजनीति

केपी ‌ओली भ्रष्टाचारका महानायक हुन्ः सांसद रमेशजंग रायमाझी

२७ साउन,काठमाडौँ । राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारका महानायक भएको आरोप लगाएका छन्।

राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद रायमाझीले संसदलाई विघटन गर्ने ओली भ्रष्टाचारका महानायक भएको आरोप लगाएका हुन्। उनले दुई वर्षसम्म केपी ओलीको सरकारलाई कुनै प्रतिक्रिया नजनाइ समर्थन गरेको बताए। नीति तथा कार्यक्रममा समेत समर्थन जनाएको बताउँदै उनले ओली सरकार पटक–पटक भ्रष्टाचारमा डुबेको बताए।

उनले कोभिड १९ मा पनि अर्बौं रुपैयाँ भ्रष्टाचार गरेपछि भ्रष्टाचारका महानायक केपी ओलीलाई तह लगाउनका लागि नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाएको दावी गरे।

उनले भने, ‘हामीलाई सरकार बनाउने चाहना थिएन। पार्टीका संसदीय दलका नेताले पटक–पटक सरकारमा जाने मेरो चाहना होइन भन्नुभएको थियो। संसद विघटन गरेर संसदलाई समाप्त गर्ने भ्रष्टाचारका महानायक केपी शर्मा ओलीले त्यो कदम चालेपछि हामी बाध्य भयौँ, सांसदहरु बाध्य हुनुभयो। सदनमा दुई वर्षसम्म हामीले कुनै पनि अब्जेक्सन बिना समर्थन गर्‍यौँ, हामीले नीति तथा कार्यक्रममा समेत समर्थन जनायौँ, तर यो सरकार पटक–पटक भ्रष्टाचारमा डुब्न थाल्यो, कोभिड १९ आएपछि अर्बौं रुपैयाँ भ्रष्टाचार भएपछि हामीले बाध्य भएर मुलुकका जनताको जिउधनको सुरक्षा, संविधान बचाउन र भ्रष्टाचारीहरुका महानायक केपी शर्मा ओलीलाई तह लगाउनका लागि नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा ५ दलको गठबन्धन बनाएको हो।’

उनले ओलीलाई भ्रष्टाचारी राजनेता भने आफू स्वीकार्न तयार रहेको बताए।

उनले भने, ‘गिरीबन्धु टी स्टेटको २८० बिघा जग्गा २४ गते नै गर्नुपर्ने के जरुरी थियोरु वैधानिकता सकिएको सरकारमा अर्बौं रुपैयाँको भ्रष्टाचारमा संलग्न सरकारका प्रधानमन्त्री अनि राजनेता, भ्रष्टाचारी राजनेता भन्नुस्, स्वीकार्न म तयार छु, भ्रष्टाचारको नायिके भन्नुस् म स्वीकार्न तयार छु, तर राजनेता हुने चरित्र हुनुपर्‍यो, त्यो हामीले देखेनौँ।’

कोभिड १९ का सामग्री खरिदमा अर्बौं रुपैयाँ भ्रष्टाचार भएको बताउँदै उनले त्यसमा संलग्न हुने भ्रष्टाचारीहरुलाई कारबाही गर्नको लागि संसदीय समिति बनाउन पनि आग्रह गरे। देशसञ्चार

Leave a Reply

Your email address will not be published.