अन्तर्राष्ट्रिय

भारतको कोरोना खोप प्रमाणपत्रमा मोदीको फोटो

२७ साउन,काठमाडौँ । बीबीसी,भारतमा कोरोनाको दुवै खोप लगाएपछि प्रदान गरिने प्रमाणपत्रमा प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो राखिएको छ।

कोरोना खोप प्रमाणपत्रमा प्रधानमन्त्रीको फोटो देखेपछि विपक्षी दलहरुले त्यसको विरोध गरेका छन्।

विपक्षीको विरोधपछि भारतका स्वास्थ्य राज्यमन्त्री भारती प्रवीण पवारले खोप लगाइसकेपछि पनि स्वास्थ्य मापदण्डको पालना गर्नुपर्छ भन्ने सम्झाउन प्रधानमन्त्रीको फोटो राखेको प्रतिक्रिया दिएका छन्। विपक्षी दलहरुको सरकार रहेका राज्यहरुले भने प्रमाणपत्रबाट मोदीको फोटो हटाएका छन्।

A representational image of Covid vaccination certificates

Leave a Reply

Your email address will not be published.