Top News

विपन्न वर्गका ग्राहकलाई २० युनिटसम्मको बिजुली खपत निशुल्क गर्ने सरकारको निर्णय

२७ साउन,काठमाडौं । सरकारले मासिक २० युनिटसम्म बिजुली खपत गर्ने विपन्न ग्राहकहरुले निशुल्क विद्युत पाउने उपलब्ध गराउने भएको छ ।

बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सो निर्णय गरिएको जानकारी गराएकी हुन् ।

उनले आयोगले निर्णय गरेको दिनबाट महसुलदर लागू हुने जानकारी दिइन् । त्यस्तै उनले विद्युतीय चुल्होको प्रयोग बढाउन ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउदै लैजाने पनि बताइन् ।

उक्त निर्णय अनुसार महिनामा २० युनिट मात्रै खपत गर्नेले ३० रुपैयाँको डिमान्ड शुल्क मात्रै तिरे हुनेछ । सरकारको निर्णयले विपन्न जनतालाई राहत हुने विश्वास लिएको मन्त्री भुसालले बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published.