Top News स्वास्थ्य

उपत्यकामा थप ९ सय ६४ जनामा कोरोना संक्रमण

२७ साउन,काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा ९ सय ६४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ६३ जना, ललितपुरमा एक सय ९२ जना र भक्तपुरमा एक सय ९ जना संक्रमित थपिएका हुन्।

योसँगै उपत्यकामा कुल संक्रमितको संख्या दुई लाख ९२ हजार ६७८ पुगेको मन्त्रालयले बताएको छ।

Leave a Reply

Your email address will not be published.