अर्थ

सुनको मूल्यमा प्रतितोला ६०० रुपैयाँको वृद्दि

२८ साउन,काठमाडौं । आज विहिबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ९५० रहेको छ ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।

बुधबार प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.