राजनीति

प्रधानमन्त्रीको टीकाः आफूले लगाएनन्, श्रीमतीलाई लगाइदिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिएका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा उनले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिएका हुन्

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यो वर्ष प्रधानमन्त्री निवासमा हुने ‘वडा दशैंको सार्वजनिक टीका कार्यक्रम’ राखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *