२८ साउन,काठमाडौं । नेपाली फुटबल टोलीको फीफा वरीयतामा सुधार भएको छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज जारी गरेको नयाँ वरीयता अनुसार नेपाल १६८ औं स्थानमा पुगेको हो। यसअघिको वरीयतामा नेपाल १७१ औं स्थानमा रहेको थियो ।
नेपालको अहिले ९७२ अंक छ। यसअघि ९६८ अंक थियो।
फिफाको शीर्ष स्थानमा बेल्जियम कायम छ। त्यसैगरी ब्राजिल दोस्रो, फ्रान्स तेस्रो, इंग्ल्याण्ड चौथो र इटली पाँचौं नम्बरमा छ।