२८ साउन,काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १५ हजार ४६२ जनाको परीक्षण गर्दा ३ हजार २६० जनामा संक्रमण देखिएको हो।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म देशभर संक्रमणका कारण १० हजार २१२ जनाको मृत्यु भइसकेको छ।
सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २९४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।