Top News मौसम

आज ६ प्रदेशका धेरैै ठाउँमा पानी पर्ने सम्भावना

२९ साउन,काठमाण्डौ । आज ६ प्रदेशका धेरैै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश–१, प्रदेश–२ र बागमती प्रदेशका केहि स्थानहरुमा भारी वर्षा हुने जनाएको छ।यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश(२, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज विशेषगरी प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *