२९ साउन,काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ३९ सय १५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
१८ हजार ५८२ जनाको परीक्षण गर्दा ३९ सय १५ जनामा संक्रमण देखिएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट थप २७ जनाले ज्यान गुमाएका छन्। देशभर हालसम्म संक्रमणका कारण १० हजार १३९ जनाको मृत्यु भइसकेको छ।
यस्तै शुक्रबार २१ सय १८ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ७९८ पुगेको छ।