स्वास्थ्य

तनहुँका ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी एक पुरुषको आज बिहान कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

पुरुषमा कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

ती पुरुषमा निमोनिया लगायतको समस्या थियो । योसँगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने गण्डकी प्रदेशमा ६८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *