स्वास्थ्य

विश्वमा कोरोना संक्रमण मृत्युदर घट्दो

३० साउन,काठमाडौँ । पछिल्लो समय विश्वमा कोरोना संक्रमणबाट हुने मृत्युदरमा कमी आउन थालेको छ । वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा थप १० हजार १५५ जनाको मृत्यु भएको छ । उक्त अवधिमा सबैभन्दा धेरै इन्डोनेसियामा १४ सय ३२ जनाको मृत्यु भएको छ ।

साथै, ब्राजिलमा ९२६ जना, रसियामा ८१५ जना, अमेरिकामा ७३८ जना, मेक्सिकोमा ६०८ जना, इरानमा ५२७ जना, भारतमा ४७४ जना, दक्षिण अफ्रिकामा ३८४ जना, अर्जेन्टिनामा २४६ जना, फिलिपिन्समा २९९ जना र मलेसियामा २७७ जनाको मृत्यु भएको छ ।

यो सँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ लाख ५८ हजार २७४ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published.