३० साउन,काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ५७३ जनाको पीसीआर परीक्षण र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ हजार ६२४ जनामा संक्रमण देखिएको हो।
यस्तै,संक्रमणका कारण थप २० जनाको मृत्यु भएको छ। यससँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ।
पछिल्लो २४ घण्टामा १ हजार ३२० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३९ हजार ४०५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।