अन्तर्राष्ट्रिय

हाइटीमा भूकम्प जाँदा ३०० भन्दा बढिको मृत्यु

३१ साउन,काठमाडौँ । सीएनएन।हाइटीमा ७.२ म्याग्निच्युडको भूकम्प जाँदा ३०० भन्दा बढिको मृत्यु भएको छ।

प्रधानमन्त्री एरियल हेनरीले देशमा अहिले आपतकाल घोषणा गरेका छन्।

भूकम्प स्थानीय समयअनुसार शनिबार बिहान गएको थियो । भूकम्पले संरचनाहरु भत्केर किच्दा मानिसहरुको मृत्यु भएको हो। घरहरु भत्किदा किचिएर १

हजार ८ सयभन्दा बढी घाइते भएका छन्। कोरोना महामारीसँग जुधिरहेको हाइटमा भूकम्पका घाइतेहरुलाई उपचार गर्ने स्थानको समेत अभाव भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published.