३१ साउन,काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।
हिजोदेखि सुरू भएको केन्द्रीय समिति बैठक बिहान ११ बजेदेखि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बस्दैछ। यस्तै केहिबेर अघि पार्टीको स्थायी समिति बैठक बसेको थियो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो केद्रीय समितिमा पेस गरेको राजनीतिक तथा सांगठानिक प्रतिवेदन र गठबन्धन सरकारको विस्तारमा भइरहेको ढिलाइबारे छलफल भएको जनाइएको छ।
