स्वास्थ्य

विश्वमा थप साढे ५ लाखभन्दा बढीमा कोरोना संक्रमण,८ हजारभन्दा बढीको मृत्यु

३१ साउन,काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वमा थप ५ लाख ६३ हजार ९३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै विश्वमा संक्रमित हुनेको कुल संख्या २० करोड ७४ लाख ७४ हजार १६४ पुगेको छ।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार बितेको २४ घण्टामा सबैभन्दा बढी संक्रमित अमेरिकामा ७० हजार ७४८ जना थपिएका छन्। सोही अवधिमा भारतमा ३६ हजार १२७, र ब्राजिलमा ३१ हजार १४२ जना संक्रमित थपिएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ हजार ६३३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण विश्वमा मृत्यु हुनेको कुल संख्या ४३ लाख ६६ हजार ८३ पुगेको छ।

Leave a Reply

Your email address will not be published.