यातायात

नवलपरासी यातायात व्यवस्था कार्यालय तिनवर्ष देखि सेवामा

३ भदौ,काठमाडौं । जनताको सेवाको लागि विगत ३ बर्स देखि यातायात व्यवस्था कार्यालय (नवलपरासी) सञ्चालनमा आएको छ । उक्त कार्यालय गण्डकी प्रदेश अन्तर्गत नवलपरासी (बर्दघाट,सुस्ता पुर्व) कावासोतीमा पर्दछ ।

यातायात व्यवस्थापनको कार्य गर्नका लागि वि.सं. २०७५ मा यातायात व्यवस्था विभागको स्थापना भएको हो । यस कार्यालयका कार्यालय प्रमुख भने ज्ञान प्रसाद भुसाल रहेका छन् ।

उनका अनुसार मानिसको आवागमन र वस्तुहरुको ओसारपोसारको लागि सुरक्षित, भरपर्दो र सुलभ यातायात सेवा उपलब्ध गराउनु विभाग र मातहत कार्यालयहरुको मुख्य उद्देश्य हो ।

यस कार्यालय मा सामान्यतया सवारीसाधन कर र नविकरणको कार्य हुँदै आएको थियो तर गतवर्ष देखि सवारीसाधन दर्ताको कार्य र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धित कार्यहरु पनि थपिएको यस कार्यलयका कार्यालय प्रमुख ज्ञान प्रसाद भुसालले जानकारी दिए ।

उनका अनुसार त्यस छेत्रका सेवाग्राहीहरुलाई लाइसेन्सको कामको लागि वुटवल अथवा अन्यत्र धाउनुपर्ने झन्झट भएकाले सो सेवाहरू थपिएको हो ।

सो कार्यालयमा मङ्सिर देखि सवारी साधन दर्ता को काम सञ्चालन गरिएको हो । उक्त सेवा सञ्चालनमा आएदेखि २ हजार भन्दा बढि सवारीसाधन दर्ता गरिएको जसमध्ये साना सवारीसाधन (मोटरसाइकल,स्कुटर , आदि) हरुको सङ्ख्या धेरै रहेको भुसालले जानकारी दिए ।

उनले भने, नयाँ सवारी दर्ता तथा नवीकरण, सरुवा दर्ता पनि गर्दै आएका छौँ । माघ ११ देखि सवारी चालक अनुमतिपत्रको काम पनि गर्दै आएका थियौं तर कोरोनाको कारणले सबै सेवाहरु बन्द भए, सो समयमा ३ हजार भन्दा बढी नविकरण र नयाँ सवारी चालक अनुमतिपत्रको काम गरियो ।

कार्यालय भवन भाडाको भएकाले सिमित ठाउँ र कम्पाउन्ड छ , त्यसले केहि समस्या निम्त्याए पनि सेवाग्राहीहरुको त्यति भिडभाड नहुने हुनाले सकेसम्म छिटो छरितो सेवा प्रदान गर्ने र अनावश्यक फाइदाजनक कार्यहरु बन्द गरेर सेवा सञ्चालन भइरहेको छ ।ु, उनले भने ।

उनले दुइ महिना देखि कार्यालय बन्द रहेको र अब बिस्तारै पुराना रोकिएका कामहरु (ट्रायल पास भएका र नविकरण दस्तुर) भने सुचारु भएको र अरु बाँकी राकिएका कार्यहरु के कसरि गर्ने भन्ने विषयमा यातायात विभागको निर्णय कुरिरहेको जानकारी दिए ।

साथै उनले कार्यालय र जनशक्तिले भ्याएसम्म सेवा प्रदान गरिरहेको र अहिलेसम्म त्यस्ता गुनासाहरू नआएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *