Top News राजनीति

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै

३१ साउन,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

राजधानीको एक पार्टी प्यालेसमा दिउँसो तीन बजे सुरु हुने बैठकमा पार्टी महाधिवेशन र समसामयिक बिषयमा छलफल हुने नेता मोहन श्रेष्ठले जानकारी दिए।

बैठकमा अध्यक्ष कमल थापाको संयोजकत्वमा रहेको समितिले तयार पारेको स्थानीय तहको निर्वाचन सम्बन्धी प्रतिवेदन छलफलका लागि प्रस्तुत गर्ने तयारी गरेको छ ।

उक्त प्रतिवदेनमाथि आजैदेखि छलफल सुरु हुने नेता श्रेष्ठले जानकारी दिए। राप्रपाले आगामी कार्तिक २७ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने तय गरेको छ।

Leave a Reply

Your email address will not be published.