Top News अर्थ

प्रतीतोला १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

३१ साउन,काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य उकालो लागेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको छ ।

आज तेजाबी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आइतबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आज शुक्रबारको तुलनामा चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो।

आज चाँदी १२ सय ५ रुपैयाँ प्रतितोलामा खरीदविक्री भइरहेको छ। शुक्रबार ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published.