Top News स्वास्थ्य

थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

३१ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

१२ हजार १ सय ६ जनाको नमुना परीक्षण गर्दा २ हजार २ सय १२ जनामा संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा थप ३३ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार दुई सय ९२ जना पुगेको छ ।

त्यस्तै सोही अवधिमा १ हजार ८ सय ६७ जना कोरोना मुक्त भएका छन्। अहिले देशभर कोरोना संक्रमितको सङ्ख्या ३९ हजार २ सय ९८ रहेको छ।

Leave a Reply

Your email address will not be published.