Top News मौसम

आज कुनकुन प्रदेशमा वर्षाको सम्भावना ?

३२ साउन,काठमाडौं।मौसम पूर्वानुमान महाशाखाले आज देशका सातमध्ये चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ।

भारी वर्षाको सम्भावना रहेका चार प्रदेशमा प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेश छन्।

भारी वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा भू–क्षय, पहिरोको जोखिम रहने महाशाखाले जनाएको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश–२, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Leave a Reply

Your email address will not be published.