स्थानिय खबर

कैदीबन्दीको कारागारमै टीका

लमजुङ । लमजुङको बेँसीशहरस्थित जिल्ला कारागारका कैदीबन्दीले कोरोनाको त्रासका बीच कारागारमै टीका लगाएर दशैँ मनाएका छन् । 

आज विजयदशमीका दिन कारागारमा रहेका सबैभन्दा बढी उमेरका कैदी ६५ वर्षीय रेखबहादुर थापा क्षेत्रीको हातबाट सबै कैदीबन्दीले साइतमै टीका लगाएका थिए । 

कोरोना त्रासका कारण कारागारमा विगतमा जस्तो आफन्तहरुलाई टीका लगाउन आउन नदिइएको कारागारका जेलर्स विष्णुप्रसाद पौडेलले बताए । 

वि.सं २०२८ मा स्थापित सो कारागारमा हाल ८१ जना  कैदीबन्दी छन् । यीमध्ये ७५ पुरुष र ६ महिला छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *