३२ साउन,काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वमा थप ४ लाख ६७ हजार २९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
योसँगै विश्वमा कोरोना संक्रमितको कुल संख्या २० करोड ७९ लाख ४५ हजार ९७२ जना पुगेको छ।
वल्डोमिटर्सका अनुसार बितेको २४ घण्टामा सबैभन्दा बढी संक्रमित इरानमा ३६ हजार ७३६ जना थपिएका छन्।सोही अवधिमा भारतमा ३३ हजार २२१, अमेरिकामा ३० हजार ८८३ जना संक्रमित थपिएका छन्।
त्यस्तै बितेको २४ घण्टामा थप ८ हजार ८१ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण हालसम्म विश्वमा ज्यान गुमाउनेको संख्या ४३ लाख ७४ हजार २५३ पुगेको छ।