३२ साउन,काठमाडौं। मन्त्रिपरिषदको बैठक आज बस्दै छ ।
बैठक आज (सोमवार) बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ ।
देउवा नेतृत्वको सरकार गठन भएको एक महिना पुरा भइसक्दा पनि मन्त्रिपरिषद्ले हालसम्म पूर्णता पाउन सकेको छैन । यसले गर्दा विभिन्न मन्त्रालयले गर्ने प्रशासनिक काम समेत अवरुद्ध हुन थालेको छ ।