Top News यातायात

पाल्पामा जिप दुर्घटनाः ११ जना घाइते

३२ साउन,काठमाडौँ । पाल्पाको तानसेनमा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

आज बिहान काठमाडौंदेखि पाल्पाको कुन्सरेका लागि गएको लु १ ज २९९२ नम्बरको जिप तानसेन नगरपालिका ७ सालघारीमा सोमबार बिहान पौने १० बजे दुर्घटना हुँदा त्यसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

घाइते हुनेमा तानसेन नगरपालिका–७ कुन्सरेका २९ वर्षीय नरबहादुर कुमाल, सोही ठाउँका २८ वर्षीय बिक्रम गैरे, ४३ वर्षीय प्रेमबहादुर बाकवल, ३२ वर्षीय हुमबहादुर सारु, ३३ वर्षीय बिक्रम नेपाली, २१ वर्षीय अर्जुन पल्ली, ३० वर्षीय सोमबहादुर न्यौपाने, २८ वर्षीय योगेश सारु, ३३ वर्षीय पवनकुमार गाहा, ३५ वर्षीय सन्तोष गैरे, र चालक तानसेन नगरपालिका–६ का ३३ वर्षीय सोम राना रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।

घाइतेहरुको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । वीङ्गर सडकदेखि करिब १५ मिटर तल खसेको थियो ।

दुर्घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.