३२ साउन,काठमाडौं।अफगानिस्तानको काबुल विमानस्थलमा तीन जनाको मृत्यु भएको छ।
विमानस्थलको प्यासेन्जर टर्मिनलमा तीन जनाको मृत्यु भएको जनाएको छ। विमानस्थलमा गोली चल्दा मृत्यु भएको भनेपनि उनीहरुलाई कसले चलाएको गोली लागेर मृत्यु भएको भन्ने खुलेको छैन।
यसअघि विमानस्थलमा भीड बढेसँगै नियन्त्रणका लागि अमेरिकी सेनाले पनि गोली चलाएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा आएका थिए।
गोली चलेसँगै विमानस्थलको सबै व्यावसायिक उडान रद्द गरिएको छ भने सैन्य उडान मात्र सञ्चालन गरिएको छ।