३२ साउन, काठमाडौं ।साताको दोस्रो कारोबार दिन सोमवार (आज) नेप्सेमा ५ अंकको वृद्दि भएको छ ।
सोमबार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक ५.७२ अंकले बढेर ३१६०.०५ विन्दुमा पुगेको छ । नेप्से ०.१८ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ३.५६ अंकले बढेर ५९२.९३ विन्दुमा पुगेको छ ।
कारोबारमा आएका २२७ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज जीवन विकास लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेण्ट बैंक,रिडी हाइड्रोपावर,नेशनल हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
ती पाँच ओटै कम्पनीको शेयरमूल्यमा अघिल्लो कारोबार दिनको तुलनामा सोमवार १० प्रतिशतले वृद्धि भएको हो ।