३२ साउन,काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६११ नमूना परीक्षणमध्ये २ हजार ५६६ पीसीआर र ८८५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ३२७ पुगेको छ ।
मन्त्रालयका अनुसार थप २ हजार ४५८ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ ।