मनोरञ्जन

गजुरेललाई कोरोना संक्रमण

काठमाडौं । कलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण भएको छ । सोमबार फेसबुकमार्फत उनले आफू संक्रमणमा परेको जानकारी दिएका हुन् । उनलाई लक्षणसहितको कोरोना देखिएको हो ।

उनले आफ्नो फेसबुक स्टाटसमा गत हप्ता आफ्ना दाजुलाई अस्पताल लानेरल्याउने गरेको र सोही क्रममा संक्रमित भएको हुनसक्ने बताएका छन् ।

‘गतहप्ता दाजुलाई अस्पताल लाने/ल्याउने गरेको थिएँ । गत बिहिबार सामान्य टाउको दुख्यो । शुक्रबार ९८ को ज्वरो देखियो । शनिबार ढाडको दुखाई महसुस गरेँ । त्यसपछि हिजो पिसिआर टेस्ट भयो । भर्खरमात्र कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको हो’ सोमबार उनले स्टाटस लेखेका छन् ।

त्यसैगरी उनले आफूसँगै दाजुलाई पनि कोरोना पोजेटिभ देखिएको र आफ्ना बाबुनानीहरूलाई संक्रमणको कुनै लक्षण नभएको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *