Top News राजनीति

एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दै,माधव नेपाललाई पनि निम्तो

१ भदौ,काठमाडौं । नेकपा एमालेले आज स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको छ ।

आज विहान ११ बजे स्थायी कमिटी र ३ बजे संसदीय दलको बैठक बोलाइएको स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जानकारी दिए।

स्थायी कमिटी च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवन बानेश्वरमा बोलाइएको छ।

पार्टीको विवाद अन्त्य गरेर एकता गर्न प्रयासरत एमालेको आजका दुवै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि बोलाइएको छ । तर नेपाल पक्ष सहभागी हुने या नहुनेबारे केही खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published.