१ भदौ,काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा थप ५ लाख २० हजार ४०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वल्डोमिटर्सका अनुसार बितेको २४ घण्टामा सबैभन्दा बढी संक्रमित अमेरिकामा १ लाख ३ हजार ६९७ जना थपिएका छन् ।
सोही अवधिमा भारतमा २४ हजार ७२५, इरानमा ४१ हजार १९४ जना संक्रमित थपिएका छन् ।
योसँगै विश्वमा कोरोना संक्रमितको कुल संख्या २० करोड ८६ लाख ५६ हजार ४६४ जना पुगेको छ।