Top News अन्तर्राष्ट्रिय

अफगानिस्तानको सत्ता तालिबानलाई शान्तिपूर्ण हस्तान्तरण गर्ने तयारी

१ भदौ,काठमाडौं । तालिबानले अफगानिस्तान कब्जा गरेपछि शान्तिपूर्ण सत्ता हस्तान्तरणको तयारी भएको छ ।

शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि गठन गरिएको समन्वयात्मक परिषद्का सदस्यहरु तालिवानका नेतासँग भेट गर्न कतारको दोहा जाने भएका छन्। परिषद्का सदस्य रहेका इस्लामिक पार्टीका नेता गुल्बुद्दिन हेक्मात्यार आज दोहा जान लागेको अलजजीराले उल्लेख गरेको छ।

राष्ट्रपति अशरफ घानीले मुलुक छोडेपछि पूर्वराष्ट्रपति हमिद कारजाइको अगुवाईमा तालिबानी नेतालाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न लागिएको हो।आइतबार तालिबानी विद्रोही काबुललाई घेरा हाल्न पुगेपछि शान्तिपूर्ण सत्ता हस्तान्तरण गरिने बताएका घानी विमानस्थलबाट काबुल छोडेर भाग्नु भएको थियो। उनले आफू भागेपछि रक्तपातपूर्ण अवस्था नआओस् भन्नका लागि यस्तो कदम चालिएको बताएका थिए।

Leave a Reply

Your email address will not be published.