Top News राजनीति

जसपाको केन्द्रीय समिति बैठक आजदेखि बस्दै

१ भदौ,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै छ।

डिल्लीबजार, कालिकास्थानस्थित एउटा पार्टी प्यालेसमा बिहान ११ बजे जसपा नेपालको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै छ ।

सोमबार पार्टीको कार्यकारिणी समिति बैठक बसी केन्द्रीय समितिमा पेस हुने अजेण्डा तय गरेको नेता सुवेदीले बताए।

बैठकमा अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक अवस्थाका विषयमा प्रतिवेदन पेश गर्नेछन्। त्यस विषयमा केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नेछन्।

Leave a Reply

Your email address will not be published.