१ भदौ,काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३२ सय ७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७ हजार ६८९ जनामा कोरोना परीक्षण गर्दा ३२ सय ७४ जना संक्रमित थपिएका हुन्।
त्यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट २७ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ।
सोहि अवधिमा १९२९ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म ६ लाख ८७ हजार ६९ जना कोरोनामुक्त भएका छन्।