Top News राजनीति

माधव नेपालसहित १४ सांसदमाथिको कारवाही फिर्ता लिन अध्यक्ष ओलीलाई सचिव विष्टको आग्रह

१ भदौ,काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले वरिष्ठ नेता माधवकुमार नेपाल लगाएत १४ सांसद माथि गरिएको कारवाहीको निर्णय फिर्ता लिन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै सचिव विष्टले संकटका बेला सुझबुझ पूर्ण निर्णय लिनुपर्ने भए पनि अध्यक्ष केपी ओलीबाट त्यस्तो व्यवहार नभएको गुनासो गर्दै कारबाही फिर्ता लिन आह्वान गरेका छन्।

विष्टले लेखेका छन्, ‘नेकपा एमालेलाई एकताबद्ध गर्न हदैसम्मको प्रयत्न चलिरहेको बेला कमरेड माधव नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाहीले विभाजनको औचित्य पुष्टि गर्न चाहनेहरूको लागि थप बल पुगेको छ भने एकता पक्षधरहरूलाई निराश बनाएको छ । हरेक संकटमा संयमित र सुझबुझपूर्ण निर्णयले नै अपेक्षाकृत सफलता प्राप्त गर्न सम्भव छ । हामीभित्र देखापरेको असामान्य परिस्थितिमा पार्टीलाई जोगाउन जिम्मेवार र असाधारण भूमिका जरुरी पर्दछ । यस्तो अवस्थामा क. नेपाल सहितका सांसदहरूमाथिको कारबाही फिर्ता लिएर एकताको लागि थप भूमिका खेल्न अध्यक्ष कमरेड केपी ओलीसँग हार्दिक आग्रह गर्दछु ।’

Leave a Reply

Your email address will not be published.